ब्लाष्टखबर । शुक्रबार धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृृत्यु हुने धरान ८ की ३४ बर्षीय महिला रहेकाे  धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । 

मेहताका अनुसार स्वासप्रश्वासको समस्या रहेकाे ती महिला  बिहिबार वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनमा बिहिबार नै  संक्रमण पुष्टि भएको थियो । 

उपचारको क्रममा आज बिहान ५ बजेर ३० मिनेटमा  मृत्यु भएको  मेहताले बताएका छन् ।