धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १५ का ८५ वर्षीय वृद्धको मृत्यु भएको छ । 

संक्रमित वृद्धको शुक्रबार कोडिभ अस्पतालमा भर्ती भएका थिए । अस्पतालका सहप्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार आज (शनिबार) बिहान ३ बजेर १५ मिनेटमा ज्यान गएको हो । शवको व्यवस्थापन नियमानुसार भइरहेको जनाइएको छ ।