ब्लाष्टखबर । धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा धरान १२ मा काेराेना संक्रमित एक पुरूषकाे मृत्यु भएकाे छ ।
प्रतिष्ठानकाे काेभिड अस्पतालका उपचारकाे क्रममा ५३ वर्षीय पुरूषकाे मृत्यु भएकाे प्रतिष्ठानका सह– प्रवक्ता डा. चुडामणी पाेखरेलले जनाएका छन् ।
पाेखरेलका अनुसार बैशाख २१ गते काेराेना संक्रमण पुष्टि भइ २२ गते काेभिड अपतालमा भर्ना गरिएका ती पुरूषकाे आइतबार अपरान्ह ४ बजेर १५ मिनेट मा मृत्यु भएकाे हाे ।
शवकाे व्यवस्थापन नियम पूर्वक भइरहेकाे पाेखरेल जनाएका छन् ।