विराटनगर। महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गरिन स्थानिय प्रशासनले गरेको निषेधज्ञाको समयमा विराटनगरका केही फार्मेशीहरूले स्वास्थ्य सामाग्री र औषधीमा चरम रूपमा कालोबजारी गर्दै आएको पाइएको छ ।

निषेधज्ञामा नियमकारी निकायको ध्यान पुग्न नसक्ने भन्दै कालोबजरी गर्न पल्किएका यहाँका फार्मेशी संचालकहरूले एक पछि अर्को गर्दै स्वास्थ्य सामाग्री र औषधीमा कालोबजारी गर्दै आएको घटना खुलेको हो ।

विराटनगर महानगरपालिका –  ७ कोशी अस्पताल अगाडी  फार्मेशीको नाम परिवतन गरि सुनसरी दुहबी नगरपालिका ७ का ३७ वर्षिय  श्याम चौधरीले स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने गरेको पाइएको हो ।

उनले चौधरीलाई फार्मेशीलाई  ‘अधिकारी फार्मेशी’ नामक फार्मेशी संचालन गरेर स्वास्थय सामाग्रीमा कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ परेका चौधरीले ६ हजार ८ सय ८० रुपैयाँ पर्ने  सिलकोन फुल फेस माक्स र एनआइभी माक्स (Silicone Full Face Mask- NIV MASK) उपभोक्तालाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गर्दा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

सिलकोन फुल फेस माक्स र एनआइभी माक्स अक्सिजन दिने विरामीले प्रयोग गर्दछन् ।

पक्राउ परेका चौधरीले विराटनगर ९ का ३१ वर्षिय भुपेन्द्र नाथ अधिकारीलाई एनआइभी माक्स १ हजार ६ सय २० रुपैयाँ बढी मूल्य लिएर बिक्री गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई मोरङ प्रहरीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको डिएसपी राईले जानकारी दिए ।

यस अघि बिहीबार औषधी खरिदमा विरामी ठगी गरेको आरोपमा प्रहरीले विराट नर्सिङ्ग होम अगाडीको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोलाई पक्राउ गर्यो । फार्मेशी संचालक महतोले विरामीसँग औषधीमा बढी मुल्य लिएर विक्री बितरण गरेको आरोपमा पक्राउ गरेका थिए ।

पक्राउ परेका महतोले विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीलाई महंगो मूल्यमा औषधी विक्री वितरण गरेको आरोप छ ।

औषधिको कालोबजारी गरेको पाइएपछि प्रहरीले फार्मेसी सञ्चालकलाई पक्राउ गरि अहिले अनुसन्धान भइरहेको डिएसपी राईले बताए । विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीले पश्चीमबासी फार्मेसीबाट एक सय रुपैयाँको औषधी खरिद गरेर लग्यो भने बिलमा १ सय ५० रुपैयाँको बनाउने गरेको प्रहरीले जनाएको छ ।

फार्मेसी सञ्चालक महतोले विरामीसँग १७ हजार ८ सय ८९ रुपैयाँ बढी लिएको अनुसन्धानदेखि खुलेको छ । पक्राउ परेका उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही अघि बढाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको राईको भनाइ छ ।

सर्वसाधारण कोरोना महामारीको चपेटामा परिरहेका बेला विराटनगरका फार्मेसीले बिरामीलाई बजार मूल्यभन्दा महँगोमा औषधि बिक्री गरेर चरम कालोबजारी गरिरहेको पाइएको डिएसपी राईले बताए ।

‘कोरोना महामारीको चपेटामा सर्वसाधारण छन् । तर फार्मेसीले भने बजार मूल्यभन्दा महँगोमा औषधि बेच्दै कालोबजारी गरिरहेको पाइयो,’ उनले भने, ‘धेरैतिरबाट गुनासो आएको आधारमा अनुसन्धान थाल्दा औषधिमा भइरहेको कालोबजारीको नयाँ तथ्य फेला प¥यो । बदमासी गरिरहेको सूचनाका आधारमा अरू फार्मेसीमाथि पनि निगरानी बढाइएको छ ।’

मोरङ र सुनसरीका ७ फार्मेशी कारबाहीमा
वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ र सुनसरीको ७ वटा औषधी पसललाई कारबाही गरेको छ । निषेधज्ञाको समयमा स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने र खरिद र बिक्री बिल बिजक नदेखाउने औषधी पसलमा अनुगमन गरि वाणिज्यले कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवही गरेको हो ।

गत आइतबार अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको थियो । उक्त फार्मेशीले १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर बिक्री वितरण गर्दै आएको थिए ।

१२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेशीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गर्दै आएको अनुगमनको क्रममा भेटियो । गत मंगलबार सुनसरीको इटहरीमा रहेको थोक बिक्रेता विविता सर्जिकल हाउसले पनि सेनिटाइजरमा कालोबजारी गरिएको भेटियो ।

भारतीय कम्पनीले उत्पादन गरेको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशत भन्दा बढी मुनाफा राखि बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो ।  ३९.३० मा  खरिद गरेको सेनिटाइजर ८० रुपैयामा बिक्री गरेको भेटिएपछि वाणिज्य कार्यालयले २ लाख जरिवना गरेको थियो ।

कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा पनि व्यापारी र बिचौलियाहरूले मानविय संम्बेदनसिलता भुलेर स्वास्थ्य सामाग्रीमा कालोबजारी सुरु गरेका छन् । 

विराटनगर, सुनसरीको धरान, इटहरीलगायतको क्षेत्रमा स्वास्थ्य सामाग्रीको अधिक मात्रामा कालोबजारी हुने गरेको छ । स्वास्थ्य समाग्रीमा कालोबजारी हुने गरेको जनगुनासो बढेपछि वाणिज्यले मोरङ र सुनसरीको ९ वटा फार्मेशीमा अनुगमनको गरेको थियो ।

पछिल्लो तीन दिन यता गरेको अनुगमनको क्रममा ७ वटा फार्मेशीले स्वास्थ्य सामाग्रीमा अस्वभाकि मुल्य कायम गरि अत्याधिक मुनाफा राखि कालोबजारी गरेको भेटिएपछि कारबाही गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्याल प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अस्वाभिक मुल्य कायम गरि अत्याधिक मुनाफा राखेर स्वास्थ्य सामाग्री बिक्री बितरण हुने गरेको जनगुनासो आउन थालेपछि अनुगमन बढाएको उनले बताए ।