भण्टाबारी । भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा ५० जनाको पीसीआर गर्दा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

भोक्राहा नरसिंह गाउँपालीकाले गएको जेष्ठ ६ गते ५० जनाको पीसीआर बिधिबाट स्वाव संकलन गरेकोमा आइतबार ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

भोक्राहा नरसिंह गाउँपालीका नेपाली काङ्ग्रेसका नेता युवराज दाहालका अनुसार भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका ५० जनाको परीक्षण गरिएकोमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

दोस्रो भेरिएण्टको कोरोना भाइरस पछिल्लो समय गाउँ गाउँमा तीव्र गति बढिरहेको संकेत हो ।

भोक्राहा नरसिंह गाउँपालीका स्वास्थ्य शाखा संयोजक आलम अन्सारीले समेत ३८ जनाको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका छन् ।

उनका अनुसार जेष्ठ ६ गते भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर ४ का ५० जनाको पीसीआर गरिएकोमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १० जनाको रिपोर्ट नेगेटिभ तथा अन्य दुईजनाको रिपोर्टसमेत शंकास्पद देखिएको छ ।

यद्यपि ति दुईजना रिपोर्ट पोजेटिभ हो वा होइनन् भन्ने यकिन हुन बाँकी छ ।