उर्लाबारी। उर्लाबारी नगरपालिकाका पूर्व जनप्रतिनिधी तथा सामाजीक अगुवा कुमार धिमालको कोभिडको संक्रमणबाट निधन भएको छ ।

पञ्चायतकालमा जनपक्षियको तर्फबाट तत्कालिन उर्लाबारी गाउँ पञ्चायतको पडा नं.–९ को वडाध्यक्ष तथा २०५४ को स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका धिमालको बुधबार बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा कोभिडको उपचारका क्रममा निधन भएको हो ।

नेकपा एमालेका स्थानिय सचिवालय सदस्य तथा धिमाल जाती बिकास केन्द्रको केन्द्रिय न्यायीक समितिको प्रमुखसमेत रहेका धिमाल अत्यत्तै सालीन र नम्र स्वाभाव भएका कारण भद्र र सालीन जनप्रतिनिधीको छवी् बनाएका राजनितीक सहयात्री उर्लाबारी नगरपालिकाका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालले बताएका छन् ।

उर्लाबारी नगरपालिका वडा नं.–२ स्थायी घर भएका ६७ बर्षीय धिमाल श्रीमती सहित ३ छोरा र ४ छोरीका पिता हुन ।

शव व्यवस्थापनमा नेपाली सेनाको टोली आउन ढिलाई र स्थानियमा समेत संक्रमणको त्रास भएपछि उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो सहित अन्यले पनि पिपीई लगाएर स्थानिय सालबारी बन क्षेत्रमा धिमाल संस्कृति अनुसार अन्तेष्टी गरीएको धिमाल जाती बिकास केन्द्रका महासचिव मात्रीकाप्रसाद धिमालले बताएका छन् ।

नगर प्रमुख फागोले नगरले एक सालीन पूर्व जनप्रतिनिधी गुमाउनु परेकोमा दुख व्यक्त गर्दै परिवार सहित नगरबासीमा समेत धैर्यधारणको गर्न अपिल गरेका छन । नगरमा कोभिडको दोस्रो लहरका कारण १७ जनाको निधन भईसकेको स्वास्थ्य शाखाले जनाएको छ ।