नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं। ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेल चढेको गाडी आज साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो । 

गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी रहेका थिए ।  गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो ।  ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।