विराटनगर/नेपा औषधी व्यवसायी संघ मोरङ शाखाले एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संघले कोशी एम्बुलेन्स चालक संघलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
अग्रपन्तीमा रहेर खटिने एम्बुलेन्स चालकहरूलाई माक्स, सेनिटाइजरलगायका स्वास्थ्य सामाग्री वितरण गरेको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।
संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष अशोक कुमार यादवलाई हस्तानतरण गरेका थिए ।

यसअघि पनि संघले सुरक्षाकर्मी, पत्रकार र ज्येष्ठ नागरिकहरूलाई पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।