कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले  उपलब्ध गराएको छ । 

बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका  राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा रथी  शर्माले अष्ट्रेलियाले गरेको सहयोग प्रति  आभार व्यक्त गरे । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत्  स्वास्थ्य सामग्री   आज स्वदेश ल्याइएको सेनाले जनाएको छ ।