उर्लाबारी । उर्लाबारीका चार जना युवा उद्यमी तथा व्यवसायीले नगरपालिकाको कोभिड आईसोलेशन सेन्टरको लागि २ थान पेसेन्ट मनिटर प्रदान गरेका छन ।
आईतबार नगर प्रमुख खड्ग फागोलाई उर्लाबारी–५ का युवा व्यवसायीहरु सुरेन्द्र लिम्बु, बबी निरौला, रोहीत थापा र रकम श्रेष्ठले २ लाख ८० हजार मुल्य वरावरको पोटेवल मल्टी पारामिटर पेसेन्ट मनिटर प्रदान गरेका हुन ।
व्यवसायीहरुले कोभिडको महामारीको समयमा नगरपालिकाले दुर्गापुरीस्थित राजघाट स्वास्थ्य चौकीमा संचालन गरेको आईसोलेशन सेन्टरमा नगरबासीको उपचारमा मदत पुगोस भनेर उक्त मेशिन प्रदान गरेको बताएका छन ।
मेशिन प्राप्त भए पछि उपचारमा थप सहजता आएको नगरका स्वास्थ्य सह–संयोजक सुरेश खड्काले बताएका छन भने नगर प्रमुख फागोले पनि सहयोगी युवा व्यवसायीले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै कोभिडको रोकथामको सवै किसीमका प्रयास भईरहेको बताएका छन ।

नगरपालिकाले बैशाख ३१ गते देखि दुर्गापुरी स्थित स्वास्थ्य चौकीमा ११ बेडको आईसोलेशन सेन्टर संचालनमा ल्याएको छ भने जेष्ठ १ गते देखि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले १२ र गोदावारी हस्पीटलले पनि १० बेडको आईसोलेशन सेन्टर संचालनमा गरीरहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।