कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन संक्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा संक्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ संक्रमित निको भएका छन् ।
आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार २ र एन्टिजेन ५ हजार ९ सय १ परीक्षण गरिएको थियो ।

सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।