पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३४ जना संक्रमित थपिएका छन् । १२ हजार ५८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ५६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
प्रदेश १ मा ६३९ जना संक्रमणमुक्त, ४०३ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । यस्तै, प्रदेशमा ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेह्रथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५–५, रामधुनीमा ३, कोशी, बर्जु, हरिनगर, इनरुवा र गढीमा १–१ जना छन्।
मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर र स्थानीयतह नखुलेका १–१, संखुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १ जना छन् ।
इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलको १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ८०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय रहेको छ ।
झापाको विर्तामोडमा ४४, दमक र मेचीनगरमा २१–२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बा¥हदशीमा ३–३, कमलगाउँपालिका र गौरादहमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जना छन् ।