विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा विश्वभर तीब्र गतिमा फैलिरहेको बताएको छ ।

कोरोनाको यो भेरियन्ट विश्वभर तीब्र गतिमा फैलिएको र यसको संकमणमा वृद्धि आएको र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढेको डब्लुएचओले जनाएको छ । विशेषगरी कोरोनाविरुद्धको खोप नलगाएका मानिसमा यो भेरियन्टको संक्रमण बढी देखिएको छ ।

१०४ देशमा फैलिसकेको डेल्टा भेरियन्ट विश्वमै फैलिएको सबैभन्दा बढी भेरियन्टमा पर्नसक्ने चेतावनी समेत डब्लुएचओले दिएको छ ।