अमेरिकाको न्यु जर्सीस्थित मिलन घिमिरे नामक एक युवकलाई आफूसँगै काम गर्ने सहकर्मीको गोली हानेर हत्या गरेकामा पुलिसले पक्राउ गरेको छ । उक्त घटना सोमबार राति स्थानीय समय ९ बजे भएको थियो । 

 उनलाई न्यु योर्क पुलिस विभागले हिरासतमा लिएको छ । अधिकारीहरुका अनुसार घिमिरेले नै सेवाङको गोली हानेर हत्या गरेको अनुसन्धानमा खुलासा भएको हो । 

घटनास्थलमा पुग्दा पुलिसले ५६ वर्षीय फु सेवाङ नामक व्यक्तिलाई मृत अवस्थामा फेला पारेको थियो ।

घिमिरे सेवाङसँगै एक ग्यास स्टेसनमा काम गर्थे । उनको शरीरभरि थुप्रै गोलीको निशान रहेको बताइएको छ । 

यस्तोमा घिमिरेमाथि अहिले ‘फस्र्ट डिग्री मर्डर’ सहित अवैध हतियार बोकेको र प्रमाण हेरफेर समेतको मुद्दा लागेको छ । हाल उनलाई न्युयोर्क सिटीमा कारबाही सम्बन्धी फैसला अघि बढाउन राखिएको छ ।

यसपछि अनुसन्धानका क्रममा पुलिसले हत्याका अभियोगी २४ वर्षीय मिलन घिमिरेको पहिचान गरेको छ ।