विराटनगर/ १४ जिल्ला रहेको प्रदेश १ मा प्रत्येक वर्ष अपराधको घटनामा वृद्धि हुने गरेको पाइएको छ ।

एकपछि अर्को वर्ष गर्दै प्रदेशमा अपधारको घटनामा वृद्धि आएको हो ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्षमा प्रदेश १ मा अपराधको घटना बढी हुदा २ सय ९३ वटा मुद्दा बढी दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्गकले देखिाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४ जिल्लाका प्रहरी कार्यालयहरू मार्फत ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मध्ये ३ हजार ७ सय २९ मुद्दा फच्र्छौट र ३ हजार ६ सय ४५ मुद्दा फच्र्छौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ भन्दा आर्थिक वर्षमा प्रदेशमा मुद्दा दर्ताको संख्या २ सय ९३ वटा कमी हो । अघिल्लो आर्थिक वर्षमा ७ हजार ९१ वटा मुद्दा दर्ता भएको थियो ।

त्यसबेला ४ हजार ९ सय ५१ वटा मुद्दा फच्र्छौट भएको थियो भने २ हजार १ सय ४० वटा मुद्दा फच्र्यौट हुन बाँकी रहेको प्रदेश प्रहरीको अभिलेखले देखाएको छ । आर्थिक वर्षमा सबैभन्दा बढी लागूऔष, जवरजस्ती करणी, करणीको प्रयास, आत्महत्या, कर्तब्य ज्यानलगायतका मुद्दा सबैभन्दा बढी छन् ।

फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७ सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ परेका फरार प्रतिवादीबाट ७ सय ३५ बर्ष कैद भुक्तान भई, ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरेर ३ हजार ५ सय १६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ प्रदेश प्रहरी कार्यालये जनाएको छ ।

१ हजार ७ सय ८९.१११ केजी गाँजा बरामद भएको छ ।

यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको भने  मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट प्रहरीले नष्ट गरेको छ । 

४० करोड बढी राजस्व संकलन 

आर्थिक वर्षमा प्रहरीले ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गरेर प्रहरीले आर्थिक वर्षमा ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगर एसपी नविन राज राईले जानकारी दिए । 

भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १९० जना मानिस पक्राउ परेका छन् । १९ करोड १ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस गरेको छ ।  ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३ सय राजश्व संकलन गरेको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३ हजार २ सय ६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गरि १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ । 

file:///C:/Users/e-zone/Downloads/Data.pdf

Data2

file:///C:/Users/e-zone/Downloads/Data.pdf

Data2