इलाम/ इलाम नगरपालिका –१ नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको छ ।
हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भिर घाईते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्याउदा मृत्यु भई सकेको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।