मोरङ/ विराटनगर महानगरपालिका– १६ दरैयाबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ– ६ मिलन चोकका २२ बर्षीय रमेश पाचकोटी रहेका छन् ।

शुक्रबार दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५  एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको हो । 

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।