विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय संदीप सिंह रोय रहेका छन् ।
शुक्रबार दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र संदीपसिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान , र १ को ४ थान सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरीले जानकारी दिएको छ ।