भद्रपुर(ब्लाष्ट)स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापामा पक्राउ परेका छन् ।

शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका वडा न. २ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ४६ वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट इन्सपेक्टरको टोलीले नगद बरामद गरी आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ परेका मण्डल झापा गाउँपालिकाका अन्नबाली खरिद बिक्री गर्ने व्यापारी भएको बुझिएको छ  । उनलाई सो रकम भारत डिगलबैंकका व्यापारी पिन्टु र फिरोजले दिएर नेपाल पठाएको प्रहरी स्रोतले जनाएको छ ।