सुनसरीमा १ वृद्धको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको बर्जु गाऊपालिका– ६ सुक्रहाट टोलका  ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको हो ।

आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटि मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको प्रहरीले जानकारी दिए ।

मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको छ ।