नेपाल प्रहरीकाे एक तथ्याङ्क  प्रत्येक दिन नेपालमा १९ जनाले  आत्महत्या  गर्ने देखाएकाे छ । पछिल्लाे समय आत्महत्या  गर्नेकाे संख्यामा बद्धि भइरहेका अवस्यक आर्थिक वर्ष २०७७/७८ मा मात्र ७ हजार १ सय १७ जनाले आत्महत्या गरेकाे प्रहरीकाे तथ्याङ्कले जनाएकाे छ । 

जवकी अघिल्लाे आर्थिक वर्षमा  ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा  आत्महत्या गर्नेहरूमा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढीले बढेकाे प्रहरीकाे तथ्याङ्कले देखाएकाे छ । 

काेराेना संक्रमण र त्यसकाे नियन्त्रणका लागि गरिएकाे लकडाउन  पनि आत्महत्या गर्नेहरूकाे संख्या बढ्नुकाे मुख्य कारण बनेकाे जानकारहरू बताउछन् ।