सङ्खुवासभा । बाल हेल्पलाइन १०९८ को पहुँचमा बालबालिका आउन थालेको छ । पूवी पहाडी जिल्लाहरुमा बालबालिकासँग सम्बन्धित दुव्र्यवहारका घटनाहरु बाल हेल्पलाइनमा आउन थालेको छ ।

सदरमुकाम खाँदबारीमा गत चैत्र देखि बाल हेल्प लाइन १०९८ सुरु भएकोसंगै बालबाबालिकासंग सम्बन्धित घटनाहरु आउन थालेको हो । संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरि ४ जिल्लाका लागि सुरु भएको बाल हेल्पलाइन नम्बर १०९८ माट्स नेपालले सञ्चालन गरिरहेको छ ।

शोषणमा परेका बालबालिकाको उद्दार, राहत र पुनः स्थापनाको लागि नेपाल सरकारसंगको सहकार्यमा गैह्र सरकारी संस्थामार्फत् सञ्चालन हुने बाल हेल्प लाइन १०९८ सङ्खुवासभामा मकालु त्रिशक्ति समुह माट्स नेपालले सञ्चालन गरिरहेको हो ।

बालबालिकाहरुको उद्धार तथा उजुरीको लागि प्रयोग गरिदै आएको हटलाइन नम्बर १०९८ प्रभावकारी बन्दै गएको छ । सङ्खुवासभामा गत चैत्र ४ गतेबाट सञ्चालन सुरु गरिएपछि हेल्पलाइनमार्फत् २१ वटा उजुरी आएको र प्राप्त उजुरीको लागि ४२ पटक उजुरी फलोअप गरिएको राष्ट्रिय बाल परिषद प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बताए ।

उनले उद्धार तथा संरक्षणमा एउटा, वाल विवाहसम्बन्धीमा ४ वटा, बाल यौन दुर्ववहारका २ र आपतकालिन १ गरि १३ वटा उजुरी लिएको बताए । ८ बालक र १३ जना बालिका यो अवधिमा लाभन्वित भएका छन् । ४ जिल्ला कार्य क्षेत्र रहेको यो हेल्पलाइनमा सङ्खुवासभाका १७ वटा, भोजपुरका २ वटार तेह्रथुमका २ वटा उजुरी आएका छन् भने धनकुटाबाट कुनै पनि उजुरी परेको छैन ।

मंगलबार माट्स नेपालले बाल हेल्पलाईन १०९८ कासमिक्षा कार्यक्रम राखेको थियो । उक्त समिक्षा कार्यक्रममा बोल्दै जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाका पुर्व सदस्य शैलु चौहानले बालबालिकाहरुको पहुँच अझ धेरै लैजानको लागि सबै सरोकारवालहरु लाग्नु पर्ने बताइन् । बाल क्लब, जनप्रतिनीधि, कर्मचारी र नागरिक समाज सकृयताका साथ लागेर सबै बालबालिकालाई १०९८ को पहुँचमा ल्याउन जुरुरी रहको उनको भनाई छ । 

फोनमार्फत् जस्ले पनि र जहाँबाट पनि सम्पर्क गर्न सकिने भएकोले बाल हेल्पलाईन प्रभावकारी बन्दै गएको उनले बताए । बाल हेल्पलाईनको सुविधाको बारेमा धेरैलाई थाहा नभएको बताउदै यो सुविधाको बारेमा आम समुदायलाई जानकारी गराउनु पर्ने उनको भनाई छ ।