प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा नवनिर्मित चवनकाे उद्घाटन गरेका छन् । 

महानिरिक्षक क्षेत्रीले परिसर भित्र नर्माण सम्पन्न भएकाे कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास, कार्यालय तथा व्यारेकका भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गरेका हुन् ।

उद्घाटनकाे क्रममा  क्षेत्रीले  भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै सहयोग गर्ने पालिका प्रमुखहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी तथा सहयोगीहरुलाई प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गरेका छन्  । 

उनले  नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनु पर्नेमा जोड बताएका छन् । 

 गत वर्ष भन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै  राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्‍कन गर्ने गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोध समेत गरे ।  

नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैयाँ ७३ पैसाको लागतमा १६ कठ्ठा ५ धुर जग्गामा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको  सुनसरी प्रहरी कार्यालयले जनजाएकाे छ  ।