मोरङको केराबारीमा लडेर आइतबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ याङ्शिलाकी २६ वर्षीया टीकामाया राई (लिम्बू) रहेकी छन् ।
घरकै शौचालयमा लडेर घाइते भएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा टीकामायाको मृत्यु भएको प्रहरीले बताएकाे छ । अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि धरान लगिँदै थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।