उदयपुर बेलका नगरपालिका ५ गलेनीमा मोटरसाइकल दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ । 

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ८० वर्षीय रामबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

हिजो बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइँते भएका श्रेष्ठको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको हो । 

मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुम्काका २४ वर्षीय रोयल कुमार चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरजकुमार चौधरी समेत समान्य घाइँते भएका छन् ।

स्थानीय मेडिकलमा सामान्य उपचारपछि मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरी चौकी लालबजारले नियन्त्रण लिएको छ ।