भारतीय लोक सभामा कांग्रेसका उप नेता गौरव गोगोईले भने, कुनै पनि देशले स्वतन्त्रता संघर्षका लागि उल्लेखीय योगदान गर्ने व्यक्तिका बारे उल्लेख गर्ने वेबसाइटले आफ्नो पहिलो प्रधानमन्त्रीको तस्बिर हटाउँदैन । तर यहाँ यस्तो भयो, जुन निकै ‘निकृष्ट’ र ‘अन्यायपूर्ण’ छ ।
भारतीय इतिहास अनुसन्त्रान परिषद् (आईसीएचआर) द्वारा भारतीय स्वतन्त्रताको अमृत महोत्सव ‘आजादी के अमृत महोत्सव’ समारोहमा भारतका प्रथम प्रधानमन्त्री पंडित जवाहरलाल नेहरुको तस्बिर हटाइएपछि स्थिति तनावपूर्ण बनेको छ ।
कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारतीय इतिहास अनुसन्धान परिषद (आईसीएचआर) द्वारा जारी गरिएको ‘आजादी के अमृत महोत्सव’ समारोहबाट भारतीय प्रथम प्रधानमन्त्री नेहरुको तस्बिर हटाइएपछि शनिबार कटाक्ष गरे । उनले ‘देशका प्यारा पंडित नेहरु’ लाई व्यक्तिको मनबाट कसैले निकाल्न नसक्ने बताए ।
उनले फेसबुकमा नेहरुको जीवनसँग जोडिएका केही तस्बिरहरु सार्वजनिक गर्दै भने, ‘देशका प्यारा पंडित नेहरुलाई मान्छेका मनबाट कसरी निकाल्छौ ?’

कांग्रेससँगै अन्य दलका नेताहरुले पनि समारोहमा प्रथम प्रधानमन्त्री नेहरुको तस्बिर नदेखिएपछि आपत्ति जनाएका छन् । कांग्रेस पार्टीकाब केही नेताले आईसीएचआरको वेबसाइटमा ‘आजादी के अमृत महोत्सव’ सँग जोडिएका तस्बिरको स्क्रिनसट आफ्ना ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेका छन् । तस्बिरमा महात्मा गान्धी, सरदार वल्लभभाइ पटेल, नेताजी सुभाषचन्द्र बोस, राजेन्द्रप्रसाद, भगत सिंह, मदनमोहन मालवीय र वीर सावरकरका तस्बिर छन् । तर नेहरुको तस्बिर छैन ।
यद्यपि यस विषयलाई लिएर आईसीएचआरका तर्फबाट कुनै प्रतिक्रिया जनाइएको छैन । भारतीय स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको उपलक्ष्यमा भारतमा ‘आजादी का अमृत महोत्सव’ मनाइँदैछ । कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले आईसीएचआरको यो कदमलाई ‘भद्दा’ भनेका छन् ।
भारतीय लोक सभामा कांग्रेसका उप नेता गौरव गोगाईले आईसीएचआरले पंडित नेहरु र अब्दुल कलाम आजादको तस्बिर हटाउनु सानो सोच र अन्याय भएको टिप्पणी गरेका छन् । कांग्रेस नेता शशि थरुरले आईसीएचआरले पंडित नेहरुको तस्बिर हटाएर आफैंलाई कलङ्कित बनाएको ट्वीट गरेका छन् । भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ ।
It is not merely petty but absolutely ahistorical to celebrate Azadi by omitting the pre-eminent voice of Indian freedom, Jawaharlal Nehru. One more occasion for ICHR to disgrace itself. This is becoming a habit! pic.twitter.com/wZzKCvYEcD
— Shashi Tharoor (@ShashiTharoor) August 27, 2021