अमेरिकी सेनाले अफगानिस्तान छाड्नु अघि आइएसआइ–के आतंकवादीलाई निशाना बनाउने प्रयास गरेको छ । अमेरिकाको दाबी अनुसार केही आतंकवादीलाई मारिएको छ । यद्यपि यो आक्रमणमा कयौं सर्वसाधारणको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण एसियाली मुलुकहरु भारत, नेपाललगायतका देशले पनि आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट फर्काइरहेका छन् । अफगानिस्तानको काबुलका आकाशमा सोमबार बिहान रकेट उडेको समाचार प्राप्त भएको छ । यी रकेटलाई निशाना बनाइएको छ । यी रकेटहरु काबुल एयरपोर्टमा अमेरिकी सेनाले गरेको एयरस्ट्राइकपछि देखिएका हुन् ।
अमेरिकी सेनाले ३१ अगस्टसम्ममा काबुल छाड्नुपर्ने छ । त्यस अघि लगातार अमेरिकी सेनाले हवाइ उडान बन्द गराएको छ । अमेरिकी सेनाले पहिले आइएसआइएस–के का आतंकवादीलाई निशाना बनाएको थियो भने पछि विस्फोटक पदार्थले भरिएका गाडीमाथि निशाना बनाएको थियो ।
काबुल एयरपोर्टमा अहिले पनि सेनाको उच्च सतर्कता जारी छ । त्यहाँ आक्रमण हुने आशंक गरिएको छ ।