धनकुटा / नेकपा एमाले धनकुटाका निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले एमालेको जनप्रतिनिधिहरुले स्थानिय तहमा गरेको काम देखेर कांग्रेसका नेता आत्तिएको बताएका छन् ।
सहिदभूमि गाउँपालिका धनकुटाको नबनिर्मित प्रशासकिय भवनको वुधवार पिप्लेमा एक समारोहको विच समुद्घघाटन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् । नवनिर्मित भवनको प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले रिबन काटेर उद्घघाटन गरेका छन् ।
भवन उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले एमाले पार्र्टीबाट निर्वाचित जनप्रतिनिधिहरु माथि झुटो र भ्रामक आरोप लगाएर भ्रम छर्दै हिड्ने काङग्रेसका नेताहरुलाई पुष्टि गरेर देखाउन चुनौती दिए ।
उनले एमाले पार्टीबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरुले गरेको कामले जनताको मन जितेको देखेर काग्रेसका नेताहरुको मन पोलेको ठोकुवा गरेका छन् । एमालेको जनप्रतिनिधिहरुले गरेको राम्रो काम देखेर कांग्रेसका स्थानिय तहका नेताहरु आत्तिएको राइको कथन थियो । धनकुटाको सातै तहमा आगामी स्थानिय तहको निर्वाचनमा अघिल्लो चुनाबमा झै एमालेले जित हासिल गर्ने ग्यारेण्टी राईले गरेका छन् ।
सो अबसरमा संबिधानसभा सदस्य एवं नेकपा एमाले १ नम्वर प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ,एमाले पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद इन्द्रमणि पराजुली, प्रदेश संसद तथा जिल्ला पार्टी सचिव निरन राई लगायतले एमाले पार्टिबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको विकास निमार्णको कामले जनताको मन जित्न सफल भएको दाबी गर्दै आगामी निवार्चनमा एमालेको विकल्प नरहेको दावी गरे ।
शहिभूमि गाँउपालिकाको २ करोड, ५५ लाख रुपयाँको लागतमा निमार्ण सम्पन्न ३ तले प्रशासनिक भवनको निमार्ण कार्य धनकुटा स्थित् सगरमाथा सुदिक्षा थुलुङ जेभि कन्ट्रक्सनले गरेको थियो । आ.व.२०७६/०७७ मा भवन निर्माण कार्यको सम्भौता गरेर तोकिएकै समयमा सम्पन्न भएको गााउपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । गाँउपालिका अध्यक्ष मनोज राईले ५ वर्ष अघि निर्वाचित भएको बेला र अहिले पालिका भित्र धेरै परिवर्तन गर्न सफल भएको बताए ।
प्रशासनिक भवन सञ्चालनमा आएसंगै गाँउपालिकाको कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा प्रदान गर्न र सेवाग्राहीहरुलाई सेवा लिन सहज हुने भएको छ । आधुनिक शैलिमा निमार्ण गरिएको भवन बालबालिकामैत्री, अपाङ्घ मैत्री, बृद्धबृद्धामैत्री रहेको छ । भवन निमार्णका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गा दाताहरु जयवृद्धि राई, जसलाल राई, मदन कुमारी राई र गोविन्द भुजेललाई गाउँपालिकाले दोसल्ला, सम्मान पत्रले सम्मान गरेका थिए ।
त्यसैगरी सोहि अवसरमा भवन निर्माणमा तदारुक्ता देखाएर सहयोग पुर्याउने निर्माण कम्पनि सगरमाथा सुदिक्क्षा थुलुङ कन्ट्रक्सन जेभीका प्रवन्धक धनकुटा–५ निवासी प्रकाश थुलुङलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको थियोे । उनलाई तोकिएको समयमा गुणस्तरिय भवन निर्माण गरेर सम्पन्न गरेको भन्दै कम्पनिका प्रोपाईटर राईलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको हो ।
त्यसैगरी भवन बनाउन जग्गा दान गर्ने जग्गादाताहरु शहिदभूमि वडा नं.४ का जयवृति राई, जसलाल राई, मदनकुमारी राई र गोविन्द भूजेललाई पनि दोसल्ला र सम्मान पत्रले गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई,अतिथिहरु टिकाराम चेम्जोङ, इन्द्रमणी पराजुली, निरेन राई, गाउँपालिका अध्यक्ष मनोज कुमार राई लगायतले दोसल्ला सहित मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।