धनकुटा । धनकुटाको हिलेमा जारी १५ औं रामनवमी कप खुल्ला भलिवल प्रतियोगिताको आइतबार सम्पन्न फाईनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिका भलिवल टिमलाई पराजित गर्दै नगद १ लाख, २१ हजार नगद सहित उपाधी चुम्न सफल भएको छ ।
हिले माविको खेल मैदानमा भएको १ नम्वर प्रदेश पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिता २०७८ को फाईनल खेलमा षडानन्द नगरपालिका भलिवल टिमले वेष्ट अफ फाईभको प्रतियागितामा अत्यान्त्यै प्रतिष्पर्धात्मक र रोमाञ्चक ढंगले खेल खेल्दै नगदसहित उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
षडानन्द नगरपालिका भलिवल टिम भोजपुरले झापा गाउँपालिका भलिवल टिमलाई दोश्रो, तेश्रो र चौथों सेटमा क्रमशः २५–१८, २५–१४ र २५–२२ को अन्तर पार्दै जित हात पार्न सफल भएको हो । उस्ले नगद १ लाख, २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी झापा गाउँपालिका भलिवल टिमले षडानन्द नगरपालिका भलिवल टिमलाई पहिलो सेटमा २५–२१ को अन्तरमा जित हासिल गरेपनि दोश्रो स्थान मै चित्त बुझाउनु पर्यो । उस्ले नगद ६१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा विजयी टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पुर्वि कमाण्ड हिलेका प्रमुख सेनानी दिपक गुरुङ, जिल्ला प्रहरी कार्यालयका एस्पी लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी वल धनकुाटका एस्पी रामचन्दै श्रेष्ठ, धनपा वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ, जिल्ला समन्वय समिति धनकुटाका सदस्य ओङ्गदा थिङ तामाङ, उधोग वाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङलगायतले विजयी खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगीतामा आयोजक हिले भलिवल क्लव, साँगुरीगढी गाउँपालिका भलिवल क्लव धनकुटा, चुलाचुली भलिवल क्लव इलाम, चौविसे गा.पा.भलिवल क्लव धनकुटा, आमचोक गा.पा.भलिवल क्लव भोजपुर र सभापोखरी गा.पा.भलिवल क्लव संखुवासभा गरी जम्मा ८ वटा टिमले प्रतियोगीतामा भाग लिएका थिए ।
प्रतियोगीता समापन समारोह हिले भलिवल क्लवका अध्यक्ष सन्जिव तितुङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन संचारकर्मी मानवी मोक्तानले गरेकी थिइन् ।