यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा आयोजक सयपत्री क्लब फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पृथ्वी मा.वि.को खेलमैदानमा भएको सेमिफाइनल खेलमा खेवाङ फुटबल क्लब ताप्लेजुङलाई २–७ गोलको फराकिलो अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवाती समयमा ताप्लेजुङका लागि मनिष थापाले गोल गरेका थिए । लगत्तै दबावमा परेको आयोजकको तर्फबाट पहिलो चरणको खेलमा विकास राईले गोल फर्काउँदै बराबरीमा रोके ।

दोस्रो हाफको खेल अवधिभर आयोजक हावी भयो । आयोजकको तर्फबाट खमिर लिम्बू, बुद्ध चेम्जोङ, आशिष चापागाईं र विक्रम राईले ७ गोलको अग्रता दिलाएका थिए भने ताप्लेजुङको तर्फबाट खेलको अन्तिम चरणमा सुशील राईले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच आयोजकका खमिर लिम्बू घोषित हुँदै नगद पाँच हजार हात पारे ।

प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । आज (आइतबार) हुने फाइनल खेल आयोजक सयपत्री क्लब रातो र सङ्गम फुटबल क्लब सुनसरीबीच हुने आयोजक सयपत्री क्लबका अध्यक्ष शिव लाओतीले बताए ।

yasok7777