धरान । तेस्रो न्यू जेनेरेसन च्यालेन्ज कपको उपाधि वराहक्षेत्रको सालबन्दी फुटबल क्लबले जितेको छ ।

सुनसरी वराहक्षेत्र–३ मा शनिबार सम्पन्न फाइनलमा धरानको फेयर फुटबल क्लबलाई २–० गोलले हराउँदै सालबन्दीले उपाधि जितेको हो । खेलमा सालबन्दीका आशिष चौधरी र आशिष राईले गोल गर्दै टिमलाई जिताए ।

विजेता सालबन्दीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता बनेको फेयरले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी पाएको छ ।

विजेता तथा उपविजेतलाई नेकपा (एमाले) सुनसरी जिल्ला सदस्य एवम् वराहक्षेत्र इन्चार्ज रुद्र दाहाल, न्यू जेनेरेसन क्लबका अध्यक्ष अजित राजधामीलगायतले पुरस्कार वितरण गरे ।