यासोक । तेस्रो कुम्मायक–कुस्सायक खुल्ला पालिकास्तरीय नकआउट भलिबलको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।

त्रिशाली मेला र पूजाको अवसरमा सञ्चालन गरिएको प्रतियोगितामा दमकले उपाधि हात पारेको हो । सोमबार भएको फाइनल खेलमा पाँचथरको याङ्वरक गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै दमकले उपाधि हात पारेको हो ।

उपाधि हात पारेको दमकले नगद ६५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र पायो भने उपविजेता याङ्वरकले ३५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो । विजेता टोलीलाई राप्रपा नेपालका केन्द्रीय सह–महामन्त्री तेजकुमार कुरुम्बाङ र उपविजेता टिमलाई नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मैयाँ श्रेष्ठ लावतीले पुरस्कार प्रदान गरेका थिए ।

खेलको बेस्ट स्पाइकर याङ्वरकका कृष्ण चापागाईं, बेस्ट ब्लकर कृष्ण तामाङ र बेस्ट सेटर कृष्ण न्यौपाने घोषित हुँँदै नगद र प्रमाण–पत्र हात पारे ।

त्यस्तै दमक नगरपालिकाको तर्फबाट बेस्ट डिफेन्स भूवन केसी, बेस्ट प्लेयर लक्ष्मण भण्डारी घोषित हुँदै नगद र प्रमाण–पत्र हात पारेका थिए ।

वैशाख १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँचथर, तेह्रथुम, झापा र सुनसरीसहित १३ टिमको सहभागिता रहेको थियो । मुख्य प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको प्रतियोगिताको आयोजना कुम्मायक–कुस्सायक समाज नेपाल यासोकले गरेको हो ।