लक्ष्मीमार्ग  । स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रम,अवार्ड तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा कार्यक्रममा ६६ भन्दा बढी पिन्ट रक्तदान संकलन भएको छ। फिटनेस सेन्टरले वार्षिक तथ्यांकका आधारमा नियमित तर्फ राष्ट्रिय खेलाडी समेत रहेका गोविन्द बिशंखे,प्रथम जोडीका तर्फबाट ध्रुव गहतराज र सुमित्रा गहतराज र लगनशीलमा प्रज्वल सुवेदीले अवार्ड तथा पुरस्कार प्राप्त गरेको संचालक कृष्ण दाहालले जानकारी दिए।

समारोहमा कार्यक्रमका सभापति दीपक गुरुङले सम्पूर्ण अतिथिलाई मायाको चिनो हस्तान्तरण गरेका हुन् ।