उर्लाबारी । मंसीर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फकोे निर्वाचनको ३ सिटको लागि मोरङ क्षेत्र नं.–१ बाट नेपाली कांग्रेस र नेकपा एमाले बाट प्रारम्भीक चरणमा २७ जना र समानुपातिक तर्फ २४ जनाको नाम पार्टीले उपल्लो तहमा सिफारिस गरेका छन ।
नेपाली कांग्रेस क्षेत्र नं.–१ क्षेत्रिय समितिका अनुसार प्रतिनिधी सभा सदस्यको लागि प्रत्यक्ष निर्वाचनको लागि जिल्ला सभापति डिकबहादुर लिम्बु सहित महाधिवेसन प्रतिनिधी रामप्रसाद पोख्रेल, आरती बराल र प्रदेश अधिवेसन प्रतिनिधी जयधर्म आचार्य र समानुपातीक तर्फ महाधिवेसन प्रतिनिधी ललित अधिकारी, दिव्यदेबी बस्नेत, सिता कार्की र प्रदेश (क) सह–सचिव नारायण धिमाल नाम सिफारिस भएको हो ।
यसैगरी क्षेत्र अन्र्तगतको प्रदेश (क) बाट प्रत्यक्ष तर्फ महाधिवेन प्रतिनिधी अर्जुन तुम्रोक, गोमा नेपाल, चिरञ्जीवी थापा र जिल्ला सदस्य बिरवल थापा तथा समानुपति तर्फ प्रदेश–१ का सहमहामन्त्री खड्ग फागो,महाधिवेसन प्रतिनिधी शोभा पालुङवा, बिजयकुमार कार्की र जिल्ला सदस्य नेत्रकुमारी भट्टराईको नाम सिफारिसमा भएको पार्टीले जनाएको छ ।
यसरी नै उक्त क्षेत्र अन्र्तगतको प्रदेश (ख) को प्रत्यक्ष तर्फ क्षेत्रिय सभापति शंकर राई सहित प्रदेश अधिवेसन प्रतिनिधी बृषबहादुर थापा र केराबारी गाउ“ सभापति प्रकाश बस्नेत तथा समानुपातिक तर्फ सुभद्रा भट्टराई, ईन्द्रबहादुर लिम्बु र बिमल राईको नाम सिफारिस भएको छ । पार्टीले सिफारिस गरेका नामहरुमा न

उता नेकपा एमालेले प्रतिनिधी सभा सदस्यको लागि प्रतिनिधी सभाका वर्तमान संसद घनश्याम खतिवडा र प्रतिनिधी सभाकी पूर्व उप–सभामुख डा. शिवमाया तुम्बाहाम्फे, प्रदेश कमिटि सदस्य राजेन्द्र पौडेल, जिल्ला सचिवालय सदस्य अग्नीप्रसाद भट्टराई, रुद्रबहादुर तामाङ, तथा समानुपतिक तर्फ केन्द्रिय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेबी भण्डारी, प्रदेश कमिटि सदस्य भूपाल जिमी र डिल्ली खतिवडाको नाम सिफारिस भएको छ ।
यसैगरी प्रदेश (क) को प्रत्यक्ष तर्फ जिल्ला सचिव रुपेश खतिवडा, प्रदेश (क) अध्यक्ष पुष्पलाल ढकाल, उर्लाबारी ईन्चार्ज उमाकान्त गौतम, मिक्जाजुङ गाउ“पालिकाका निवर्तमान अध्यक्ष देवीप्रसाद आचार्य, उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई, गोपाल बस्नेत र निरोज तिम्सीना तथा समानुपातिक तर्फ जिल्ला सदस्य अम्वरबहादुर धिमाल, मिक्जाजुङ गाउ“पालिकाका निवर्तमान उपाध्यक्ष सरला राई, रामकृष्ण राई, ईन्दिरा गौतमको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।
यसरीनै प्रदेश (ख) तर्फ डिल्लीराम शर्मा, पूर्व जिल्ला सभापति खड्ग बहादुर बस्नेत र बृद्धिमान लिम्बु तथा समानुपातिक तर्फ डिल्ली बिक, शान्ता लिम्बु भूजेल, बालकृष्ण श्रेष्ठ, शेरमान तामाङ, शरण गजमेर, दहशेर राईको नाम सिफारिस भएको नेकपा एमालेले जनाएको छ । यस क्षेत्रमा चुनावी मैदानमा एमालेबाट वर्तमान संसद खतिवडा, पूर्व उपसभामुख तुम्बाहाम्फे, केन्द्रिय अनुसाशन आयोगकी सदस्य भण्डारी, पूर्व जिवीस सभापति खड्ग बस्नेत,कांग्रेसबाट प्रदेश–१ का सहमहामन्त्री फागो र जिल्ला सभापति लिम्बु आएका छन ।