संखुवासभा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ छैटौं पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–४ पाङ्माको भगिवन्त रंगशालामा किराँतहरुको महान चाड उधौली पर्वको अवसरमा मंसिर १९ देखि १३ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको आयोजक लोहोरुङ क्लबका सचिव छत्रमणि काफ्लेले बताए । उनले प्रतियोगीता खुल्ला भएकोले विभिन्न स्थानबाट सहभागी हुने जानकारी दिए । खाँदबारीमा आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले बर्सेनि खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुर्दै आएको छ ।
प्रतियोगिताका विजेताले एक लाख ५१ हजार, उपविजेता ८१ हजार र सान्त्वनालाई ३१÷३१ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरि प्रतियोगिताको सर्बाेकृष्ट खेलाडी एक जनालाई ५ हजार १ सय उत्कृष्ट गोलरक्षक एक जनालाई ५ हजार १ सय रुपैया र ट्रफी र सर्वाधिक गोलकर्ता एक जनालाई नगद ५ हजार १ सय रुपैया दिइने आयोजकले जनाएको छ ।