धरान । इटहरी उपमहानगरपालिकामा राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नगरप्रमुख हेमकर्ण पौडेलले छेलो हानेर उद्घाटन गरे । इटहरी उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

कोरोना महामारीका कारण दुई वर्ष शिल्ड हुन सकेको थिएन । यसलाई बर्सेनि निरन्तरता दिने नगर प्रमुख पौडेलले बताए । खेलकुदले शारीरिक तथा मानसिक विकासमा सहजता ल्याउने उनले बताए । उनले खेलकुदलाई प्राथमिकतामा राख्नेसमेत बताए ।

प्रतियोगितामा इटहरी नगरभित्रका करिब दुई दर्जन विद्यालय सहभागी छन् । प्रतियोगिता माघ २५ गतेसम्म चल्ने उपमहानगरपालिकाले जनाएको छ ।