विराटनगर । विराटनगरमा गएराती सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  विराटनगर  ५ बरगाछी अगाडी  सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती साढे ११ बजे दुर्घटनामा परी अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो ।

अर्घाखाँचीका सन्धिखर्क नगरपालिका  ५ घर भएका २६ वर्षीय महत  लु १८ प ५४५६ नम्बरको   मोटरसाइकलमा सवार थिए । बन्दशत्र सुरु भएको होटेल मनासलुबाट निस्किएपछि विराटनगर – इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका महतको विराटनगरस्थित नोबेल मेडिकल कलेज पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते भएका छन् । उनको उपचार नोबेलमा भइरहेको  छ ।

रातीको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ । ‘मापसे सेवन गरेर प्रदेश १ –०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल सवार चालकले मापसे सेवन गरेपछि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ,’ मोरङ ट्राफिक प्रमुख कार्कीले भने, ‘सवारीमा सवार पक्राउ परेका छन् । उनीले पनि मापसे सेवन गरेको खुलेको छ । ’ ठक्कर दिने चालक विराटनगरका स्वयम अन्सारी रहेका छन् । उनी फरार छन् । प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।