उर्लाबारी । प्रदेश नं. १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बूले युवाले नेतृत्व गरेका संस्थाले मात्र परिवर्तनको अनुभूति दिलाएको बताएकी छन् ।
सोमबार उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सेन्टरले स्थापनाको छोटोे अवधिमै उल्लेखनीय प्रगति गरेको बताइन् ।
प्रदेश नं. १ का धेरै अस्पतालमध्ये ट्रमा सेन्टरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको बताउँदै मन्त्री लिम्बूले अस्पतालका प्रमुख युवा र उनमा केही गरौ“ भन्ने इच्छाशक्ति भएका कारणले अस्पतालले चौतर्फी क्षेत्रमा फड्को मारेको बताइन् । प्रदेश सरकारले प्रजातन्त्र दिवसका अवसरमा अस्पतालमा उपचारत बिरामीलाई फलफूल वितरण गरेकी थिइन् ।
प्रदेश सरकारले तत्कालीन मङ्गलबारे अस्पताललाई २०७७ साउनदेखि लागू हुने गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा ५० बेड क्षमताको अस्पतालको रूपमा स्तरोन्तिको घोषणापश्चात् अस्पतालको संस्थागत विकासमा टेवा पुगेको हो ।
अस्पतालमा हाल चौबीसै घण्टा आकस्मिक, फिजिसियन, एनएस्थेसिया, अर्थो, प्रसूति तथा स्त्रीरोग, सर्जरी, भिडियो एक्स–रे, छाला तथा यौन रोग, डेन्टल, आँखा, ल्याव, एक्स–रे, एच.डि.यु., ब्लड बैङ्क, एम्बुलेन्सलगायतका सेवा सञ्चालनमा रहेको मेसु डा. रविकुमार साहले बताए । उनले चालु आर्थिक वर्षभित्रमा सिटी स्क्यानको सेवा पनि सञ्चालन गर्ने बताए ।
स्वास्थ्य बिमासहितको सेवा भएका कारणले पूर्वोत्तर मोरङका दैनिक ४ सयदेखि ६ सय बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १ सय २० जना विषयगत कर्मचारीले सेवा पु¥याएका छन् ।