धरान । शिक्षक एवम् समाजसेवी स्वर्गीय चक्रबहादुर पालुङ्वाको स्मृतिमा अपाङ्गता भएकाहरूलाई खाना वितरण गरिएको छ ।

लायन्स क्लब अफ धरान सिंहदेवीको आयोजना तथा मास्टर चक्रबहादुर फाउण्डेशनको सहयोगमा पुनस्र्थापना गृह धरान–१ मा खाना वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक चेयरपर्सन सुजेन्द्र तामाङले बताए ।

क्लबका अध्यक्ष सन्ध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा.योगेन्द्र पालुङ्वाले पिता स्वर्गीय मास्टर चक्रबहादुर पालुङ्वाले शिक्षा र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई जीवन्त राख्न परिवारका सदस्यहरूबाट पिताको नाममा फाउण्डेशन नै स्थापना गरेर सामाजिक कार्यहरू गर्दै आएको बताए । स्वर्गीय पालुङ्वाको जन्म दिनको अवसर पारेर खाना वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चीफ वुमन लिडरसिप मीना पुलामीले लायन्स क्लबको उद्देश्य नै समाज सेवा भएकाले आफ्नो दिवङ्गत बुबाको स्मृतिमा असहाय अशक्तहरूलाई खाना वितरण गरेकोमा मास्टर चक्रबहादुर फाउण्डेशन र  लायन्स क्लब अफ धरान सिंहदेवी परिवारलाई विशेष धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा पुनस्र्थापना गृहका सञ्चालक भीम राईले खाना वितरण कार्यप्रति धन्यवाद व्यक्त गरे ।