विराटनगर । ध्रुवतारा स्पोर्टिङ क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा स्पोर्टिङ क्लब झापा फाइनलमा पुगेको हो ।

जितसँगै झापाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साविक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा र गाईघाट फुटबल क्लब उदयपुरका विजेतासँग फाइनल खेल्नेछ । 

निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि जितको  छिनोफानो टाइब्रेकरबाट भएको थियो । जितको लागि झापाका निर्जल बोहरा, प्रवीण राई, रोशन धिमाल ‘ए’, गौरव धिमाल र विक्रम राईले गोल गरी टिमलाई फाइनलमा पुर्याएका थिए ।

सिरहाका रवि रखल, विदेशी खेलाडी डेनियल, अमन लामा र स्यानगोले मात्र गोल गरेका थिए । सिरहाका विदेशी खेलाडी यानिकको प्रहार झापाका गोलकिपर आयुष लिम्बूले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच झापाका गोलकिपर आयुष लिम्बू घोषित भए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा झापाका प्रवीण राईले खेल सुरु भएको २४ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । डिबक्सभित्र रोशन धिमाल ‘ए’ ले निकालिदिएको क्रस पासलाई प्रवीण राईले हेडमार्फत् गोल गरे । झापाले पहिलो गोल गरेको ११ मिनेट बित्न नपाउँदै ३५ औं मिनेटमा विक्रम राईले गोल गरी अग्रता दोब्बर बनाए । दोस्रो गोल गर्न पनि रोशन धिमाल ‘ए’ ले पास निकालिदिएका थिए । रोशनले निकालेको पासलाई विक्रमले गोलमा परिणत गरेका थिए ।

चार जना विदेशी खेलाडी भिœयाएसँगै उच्च मनोबलका साथ मैदान उत्रिएको सिरहाले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । ६० औं मिनेटमा सिरहाका अमन लामाले गोली गरी २–१ बनाए । सिरहाका यानिकको सशक्त प्रहारलाई झापाका गोलकिपर आयुष लिम्बूले पञ्च गर्दै उत्कृष्ट बचाउय गरे । त्यसपछि दबाव दिएको सिरहाका यानिकले ७३ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भई खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा झापाले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको सिरहाले  खेलमा फर्किन अनेकौं प्रयास गर्दा ८७ औं मिनेटमा सिरहाका यानिकले गरेको प्रहारले अग्रता छोट्याएको थियो । झापाका रविन राईले ८९ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार बाहिरिँदा खेल टाइब्रेकरमा पुगेको थियो । इन्जुरी समयमा सिरहाका यानिकको वान भर्सेस वानको सशक्त प्रहार पोष्टमा लागेर बाहिरिँदा घर फर्किन बाध्य भयो ।

mils1