धरान । धरान खेलकुद मञ्चको अध्यक्षमा किशोर राई चयन भएका छन् ।

मञ्चको शनिबार सम्पन्न दोस्रो अधिवेशनले राईको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको हो । धरानका सबै खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने गरी कार्य समिति चयन गरिएको छ । राई फुटबलबाट अध्यक्षमा चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्ष शारीरिक सुगठनबाट रणबहादुर थेवे चयन भएका छन् भने चार उपाध्यक्षहरूमा सितेरियो करातेबाट कुवेर राई, जुडोबाट रोशनी राई, भलिबलबाट डम्बर लिम्बू र आर्चरीबाट हिमाल लिम्बू चयन भएका छन् ।

त्यस्तै मञ्चको महासचिवमा शारीरिक सुगठनबाट विक्रम लिम्बू चयन भएका छन् । सह–महासचिवमा उसुबाट बिकी राई र कोषाध्यक्षमा सितेरियो करातेबाट समुना लिम्बू चयन भएका छन् भने सदस्यहरूमा बुद्धिचालबाट मोहन मगराती, भलिबलबाट देवेन्द्र खड्का, वसन्त राई, एथलेटिक्सबाट रोमु राई, फुटबलबाट प्रताप तामाङ, नवीन राई र सागर घिमिरे, गल्फबाट लोकमान लिम्बू, तेक्वान्दोबाट सुरज कार्की, शारीरिक सुगठनबाट डम्बर तामाङ, टेबल टेनिसबाट गीता थापा मगर र मोहन पाण्डे, सेपाकताक्रोबाट सन्तोष लोहोरुङ राई चयन भएका छन् ।

अधिवेशनले कार्यसमितिमा कुरास र प्याराग्लाइडिङसहित छुटेका विधाबाट सदस्य थपिने गरी कुल २५ सदस्यीय बनाइने जनाएको छ । मञ्चका अध्यक्ष राजेशमान श्रेष्ठको अध्यक्षता र धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।