धरान । श्रीकृष्ण जन्माष्टमीको अवसरमा धरानमा लाखेनाच प्रदर्शनी हुने भएको छ ।

बुधबार धरान–३ को गौधारास्थित पीपलबोट खुला मञ्चमा लाखेनाच प्रदर्शनी हुने भएको हो । युवा साथी, धरान–३ को आयोजनामा हुन लागेको सो कार्यक्रममा धीमे बाजा, घोडे जात्रा र लाखे नाच प्रदर्शन गर्न लागिएको युवा साथीका अध्यक्ष सरल उदासले जानकारी दिए ।

सामूहिक लाखेनाच प्रदर्शनी, सांस्कृतिक परम्परा जगेर्ना नारासहित हुन लागेको कार्यक्रमले युवापुस्तामा सांस्कृतिक जागरण ल्याउने अध्यक्ष उदासले बताए । युवा साथीले हरेक वर्ष यस्तो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।