जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारसंग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताको आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गरेका छन् । 

उनले भने मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एक–अर्काकोे सहयोगी भएको समेत बताए । लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत रुपले अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताएका छन्।