रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ। “पुटिनले पर्मबाट फर्किने क्रममा रोस्तोभ–अन–डनमा रुसी सशस्त्र फौजको मुख्यालयको भ्रमण गर्ने”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । युराल्सस्थित पर्म सहरमा पुटिनले बिहीबार बताएका थिए ।

सेना प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनमाथिको आक्रमणको अवस्था बारेमा पुटिनलाई जानकारी गराएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो। युक्रेनले रुससँगको युद्धमा पहिलोपटक अमेरिकाले दिएको एटीएसीएमएस लामो दूरीको मिसाइल प्रयोग गरेको मङ्गलबार घोषणा गरेपछि पुटिनले सैन्य मुख्यालय भ्रमण गरी सेनाप्रमुखसँग भेट गरेका छन् ।

बुधबार पुटिनले एक सय ६५ किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलले युद्धमा कुनै प्रभाव नपार्ने भन्दै यसले युक्रेनको (पीडा)लाई बढाउने मात्र बताका छन्।