हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा आज विहान निधन भएको छ।
बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका छन्।
उनका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा रहेकाले उनकी छोरी पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएका छन्।