पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पपण भएको छ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उनको सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताएका छन्। यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उनले बताए।

प्रा. डा. ऋषिराम शर्मा, प्रा. डा. हेमनाथ पौडेलका सहयोगमा  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गरेका छन्।

एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो।