खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन्। सहिदभूमि गाउँपालिका वडा नम्बर –४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताएका छन्।
उनले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताएका छन्। कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपुर्ण हुने बताएका छन्।
उनले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताएका छन्। यस विद्यालयमा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन्।