नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार तय भएको छ।
यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य पनि उकालो लागेको छ। मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने ६५ ले बढेर रु एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































