धरान । धरान जेसीजले धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरेको छ ।

सो अवसरमा विद्यालयको हाताभित्र धुपीलगायतका एक सयभन्दा बढी बिरुवा रोपिएको धरान जेसीजकी अध्यक्ष आयुष्मा शाक्यले जानकारी दिईन् ।

धरान जेसिजका लोम एडिटर राजु फुयालको संयोजकत्वमा भएको कार्यक्रममा धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई तथा धरान जेसीजका पूर्वअध्यक्षहरु र धरान जेसिजका सदस्यहरु सहभागी थिए ।यसअघि धरान जेसिजले डा.करुणा सिंहसँग मिलेर स्किन हेल्थ केयर सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

शाक्य अध्यक्ष निर्वाचित भएयता धरान जेसीजले विभिन्न सामाजिक गतिविधि तीव्र बनाएको छ ।