धरानमा र्‍याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको एसईई स्पिकर सिजन-४ मा धरान-६ को शिक्षा सन्देश माविकी ममता तामाङ विजयी भएकी छन् ।

सोमबार धरान-८ स्थित सहीद स्मृति माविमा आयोजीत फाईनल प्रतिष्पर्धामा सहभागी १५ प्रतिष्पर्धी मध्ये उनी प्रथम भएकी हुन् । उनले नगद २० हजार, कक्षा ११ र १२ का पूर्ण छात्रवृत्ति तथा प्रमाणपत्र पाईन् । त्यस्तै बराहक्षेत्र नगरपालिका-१ स्थित हिमालयन माविकी दीया राईले दोस्रो बनेर नगद १५ हजार, ७० प्रतिशत छात्रवृत्ति र प्रमाणपत्र पाईन् । त्यस्तै जेम्स आवासिय स्कुल धरानकी क्याथरिन योञ्जनले तेस्रो बनेर नगद १० हजार, ६० प्रतिशत छात्रवृत्ति तथा जन सहयोग मावि तरहराकी रेशिका शर्माले सान्त्वना बनेर नगद ५ हजार, ५० प्रतिशत छात्रवृत्ति र प्रमाणपत्र पाईन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश योजना आयोगका सदस्य भवानी बरालले पुरस्कार वितरण गरे । त्यस्तै अन्य विभिन्न टाईटल विजेताहरुलाई पत्रकार गोपाल दाहाल, देवेन्द्र कार्की, सहीद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्ट, निणर्ायकद्वय राजेश विद्रोही र अशोक पोखरेल लगायतले प्रमाणत्र वितरण गरेका थिए । 

एसईई परीक्षा दिएका बालबालिकालाई बाेल्ने कलाकाे विकास गराउन हरेक वर्ष यस्ताे कार्यक्रम गर्ने गरेकाे आयाेजक रेडिकल लाईट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले बताए । कार्यक्रम रेडिकल लाईटका प्रबन्ध निर्देशक हिमाल कार्कीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।